१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिविकाे एमए गाेप्य शाखामा परीक्षार्थीसँग घुस खाँदै गरेका राम कर्माचार्य पक्राउ, अन्य पनि तानिदैँ


२९ जेठ, काठमाडौँ । त्रिभुवन विश्विवद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुको एम ए गोप्य शाखामा कार्यरत एक कर्मचारी परीक्षार्थीसँग घुस खाएको अभियोगमा पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा कार्यरत राम कर्माचार्यलाइ पक्राउ गरेको हो ।

एम ए गोप्य शाखामा कार्यरत उनले परिक्षार्थीसँग पैसा असुलेको आयाेग स्रोतले जनाएको छ । अायोगले अन्य कर्मचारीलाइ समेत शंकाको घेरमा राखी अनुसन्धान अघि बढाएको छ । उक्त शाखामा त्रि. वि.कर्मचारी संघका अध्यक्ष भोजकुमार राउत समेत कार्यरत रहेका छन ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १७:०३