१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज हावाहुरीका कारण भैरहवा डाइभर्ट


२९ जेठ, काठमाडौँ । हावाहुरीका कारण नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएकाे छ । बुधबार बिहान भारतबाट नेपाल प्रवेश गरेको हावाहुरीले पश्चिम क्षेत्रको आन्तरिक विमानस्थलकाे उडान तथा अवतरण प्रभावित भएको हाे ।

नेपालगञ्ज विमानस्थल आधा घण्टा पूर्णरुपमा बन्द भएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । बिहान बन्द भएकाे विमानस्थल अहिले भने सामान्य रूपमा सञ्चालन भैरहेकाे छ । भैरहवा डाइभर्ट भएको बुद्धको जहाज नेपालगञ्जका लागि फिर्ता हुने क्रममा रहेको जनाइएकाे छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार १३:४६