१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नुवाकोट क्याम्पसमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक, किन हुँदैन कारबाही ?


२७ चैत, नुवाकोट । नुवाकोटको पुरानो नुवाकोट अदार्श बहुमुखी क्याम्पसमा भएका अनियमितताको समाचार बाहिर सार्वजनिक भैरहेको समयमा अभिभावकको कोटामा गैर अभिभावक सञ्चालक समितिको सदस्य रहेको खुलासा भएको छ ।

क्याम्पसको सञ्चालक समितिमा दुई जना अभिभावको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक नै गैर अभिभावक रहेको तथ्य दैनिकीले फेला पारेको छ । क्याम्पसमा अभिभावकको तर्फबाट प्रतिनिधित्व गर्ने शिव चित्रकार र शुभद्रा नेपाल गैरअभिभावक रहेको खुलासा भएको छ ।

चरम राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको क्याम्पसमा अभिभावकको कोटामा राजनीति गर्ने गरी गैरअभिभावकलाई प्रवेश गराइएपछि विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए । विद्यार्थी आन्दोलन र क्याम्पसका संस्थापक बसन्तलाल श्रेष्ठको अनशनपछि माग पूरा गराउन गठित छानविन समितिले समेत अभिभावकको कोटामा गैरअभिभावकलाई सञ्चालक बनाएको विषय उजागर गरेको छ ।

नियम विपरित रहेका त्यस्ता अभिवाकको विषयमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठलाई प्रश्न गर्दा आफू भन्दा अघिदेखि नै रहेका सञ्चालकहरु भएको भन्दै पन्छिने कोशिश गरे । उनले कुन सञ्चालक अभिभावक हो वा होइन भन्ने विषयमा छानविन गर्न सकिने तर अहिले नै आफूले केही भन्न नसक्ने बताए ।

यो पनि पढ्नुहोस्

–नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी

–नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित) 

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार १८:४८