१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता


२८ जेठ, काठमाडाैँ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी समकक्षी टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । मङ्गलबार दिउँसो लन्डनमा बेलायती प्रधानमन्त्री मेसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेको भ्रमण टोलीमा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । सल्लाहकार डा अर्यालका अनुसार भेटमा व्यापार, लगानी, भूतपूर्व गोर्खा सैनिकहरूका गुनासा विविध विषयमा छलफल भएको बताए ।

डा अर्यालका अनुसार भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत सहभागी रहेका थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार ह्यारीसँग पनि द्धपक्षीय भेटबार्ता गरेका थिए ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार २०:०४