१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साँढे ३ वर्षकी छात्रालाई बलात्कार गर्ने मकवानपुर मनहरीका शिक्षक अमन लामा जेल चलान


२८ जेठ, मकवानपुर । जिल्ला अदालत मकवानपुरले बलात्कार आरोपी शिक्षकलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । मंगलबार जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलाशले साढे ३ वर्षकी छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक मनहरी गाउँपालिका(६ का २२ वर्षीय अमन लामा तामाङलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिक्षक लामालाई गत वैशाख १८ गते पक्राउ गरेको थियो ।

यस्तै १४ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका अर्का एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।जिल्ला न्यायाधीश स्वीकृती पराजुलीको मंगलबारको इजलाशले हेटौंडा उपमहानगरपालिका(५ का ३७ वर्षीय हिरालाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिका(२ की बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । अभियुक्त चौलागाईले गत वैशाख २२ गते बालिकालाई कोठामा एक्लै भएको अवस्थामा बलात्कार गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १९:५३