१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पूर्व राष्ट्रपति नै जाली बैंक खाता र कालो धनलाई सेताे बनाएकाे आरोपमा पक्राउ


 २८ जेठ, पाकिस्तान । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जरदारीले जाली बैंक खाता र कालो धनलाई सेताे बनाएको आरोपमा   पक्राउ परेका छन् ।  पाकिस्तानी मिडियाका अनुसार जरदारी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान हुन् । उनलाई देशको भ्रष्ट्रचार विरोधी संस्था नेसनल एकान्टिविलिटी ब्युरोले पक्राउ गरेको थियो ।

एनएबीले बैंक खाता र कालो धनलाई सेतो बनाउने विषयमा अनुसन्धानका लागि जरदारीसँगै उनकी बहिनी फरयाल तलपुरलाई पक्राउ गरिएको हो । पूर्व–राष्ट्रपति र तलपुरले पहिलेदेखि कुनै गल्ती नगरेको भन्दै आएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १७:१५