१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

आईसीसी विश्वकप क्रकेटः दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल पानीका कारण रद्द


२८ जेठ, काठमाडाैँ ।  आईसीसी विश्वकप क्रकेट अन्तर्गत दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल रद्द भएको छ । लगातार पानी परेपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टिमले समान एक–एक अंक लिएका छन् । साउथ ह्याम्प्टनमा टस जितेर पहिला फिल्डिङ रोजेको वेस्ट इण्डिजले दक्षिण अफ्रिकाका २ जना ब्याट्सम्यानलाई आउट गरिसकेको थियो । ११ रन हुँदा हसिम अमलालाई गुमाएको दक्षिण अफ्रिकाले २८ रन हुँदा एडेन मरक्रम आउट भएका थिए । ७ दशमलव ३ ओभर खेल्दा दक्षिण अफ्रिकाले २९ रन जोड्दा २ रन गुमाएको थियो । त्यसपछि निरन्तर पानी परेपछि खेल नै रद्द भयो ।

लगातार तीन खेल गुमाएको दक्षिण अफ्रिकाले तालिकामा पहिलो अंक जोडेको छ भने एक खेलमा जित र एक खेलमा हार व्यहोरको वेस्ट इण्डिजले तालिकामा तीन अंक पुर्याएको छ । जारी प्रतियोगितामा न्यूजिल्याण्ड र भारत मात्रै अपराजित रहेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०७:३२