१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी हेर्दाहेर्दै खोलामा डुब्यो


२७ जेठ, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी हेर्दाहेर्दै खोलामा डुबेको छ । सोमबार स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्री महासेठको झण्डाबाल गाडी चुर्लुम्मै डुबेको हो । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा डुबेको र मन्त्रीलाई प्रहरीले उद्दार गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएपछि क्रेन लगाएर खोलाबाट बाहिर निकालिएको छ ।  मन्त्री भने अर्को गाडीमा चढेर फर्किएको स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार २१:१०