१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन, करारमा कर्मचारी राख्न सुझाव


२७ जेठ, काठमाडाैँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले सरकार र आयोग दुबैलाइ विज्ञापन रोक्न निर्देशन दिएको हो । सोमबार सिंहदरबारमा बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल गरेलगत्तै समितिले विज्ञापन तत्काल रद्द गर्न सरकार र लोक सेवा आयोग दुवैलाई निर्देशन दिएको हो।

लोकसेवाले केही दिनअघि स्थानीय तहका लागि ९ हजारभन्दा बढी पदका लागि विज्ञापन गरेको थियो । संविधानको भावना र मर्मअनुसार सो विज्ञापन नभएकाले समितिले त्यसलाई तत्काल रद्द गर्न निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले बताइन । समितिले स्थानीय तहको आवश्यकता अनुसार स्थायी पदपूर्ति नभएसम्मका लागि निश्चित मापदण्डको आधारमा कर्मचारीहरु करारमा नियुक्ति गर्न पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देश गरेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १२:३५