२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

‘शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई पेस्तोल किन ताकेका थिए ?’


२६ जेठ, काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले अनलाइनखबर डट कमका चिरञ्जिवी पौडेललाई दिएको आइतबार प्रकाशित अन्तरवार्ताका केही विषयले अहिले सामाजिक सञ्जाल तातेको छ । लामो अन्तर्वार्ताका क्रममा प्रस्तुत केही विषयले साच्चै के भएको रहेछ भन्ने कौतुहलता जगाएको पनि छ ।

अन्तर्वार्तामा प्रस्तुत भएका धेरै विषयमध्येको एक विषय हामीले यहाँ उल्लेख गर्न चाहेका छौँ । किशोर श्रेष्ठ र जनआस्थाका बारेमा धेरै कुरा भएपछि पत्रकार पौडेलले पुनः जनाआस्थाका बारेमा कुरा गर्न सुरू गरेका छन । गाली पनि गर्ने र जनआस्था नपढी नहुने धेरै पाठक रहेका छन । त्यसको एउटै कारण भित्री र लुकाउन खोजिएका त्यस्ता सूचना बाहिर ल्याउन जनआस्था र त्यसका सम्पादकको हैसियतामा किशोर श्रेष्ठको भूमिका महत्वपूर्ण मानिन्छ ।

अन्तर्वार्तामा तत्कालीन युवाराज पारस शाहको सन्दर्भ जोडिदाँ उनका कर्तुतको कुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा मिनेन्द्र रिजाललाई पेस्तोल तेर्साएको सन्दर्भ काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले  फुत्काए । तर पारसको केटी काण्डको लफडासँग जोडिएको सन्दर्भमा फुत्त देउवा र रिजालको विषय जोडिएपछि धेरैले यसमा चासो व्यक्त गरेका छन । हामीले डा मिनेन्द्र रिजाललाई यसबारेमा प्रश्न गर्याैँ तर उनले यसबारेमा कुनै प्रतिक्रिया नजनाउने बताए ।

यस्तो छ अनलाइनखबर डटकममा प्रकाशित अन्तर्वार्ता 

फेरि जनआस्थातिरै फर्कौं । जनआस्थाको ‘पिक टाइम’ कुन कालखण्डलाई मान्नुहुन्छ ?

राजतन्त्रकालमा नै हो । खासगरी हामीले तत्कालीन युवराज पारसका अनेकन कर्तुतहरु हिम्मतसाथ लेख्यौं । त्यसले हाम्रो लोकप्रियता बढायो । पारसले गाडीले किचेर मान्छे मारेको देखि लिएर रामकृष्ण ढकाललाई पिटेको समाचार लेख्ने अरु कुनै अखबार नभएर जनआस्था नै हो ।

रामकृष्ण ढकाललाई पारसले पिटेको समाचारको त ढकाल स्वयम्ले खण्डन गरे । पीडित भनिएको पक्षले नै खण्डन गरेको समाचार कसरी पत्याउने ?

खण्डन गर्नु उहाँको वाध्यता हो । त्यो समाचारले आफ्नो बेइज्जती गरेको महसुस भएर खण्डन गर्नुभएको होला । समाचारको सत्यतामा कुनै शंका छैन ।


हातपातै हुनेगरी के लफडा भएको थियो र उनीहरुबीच ?

तपाईं पहिले यो भन्नुस, शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई पेस्तोल किन ताकेका थिए ?

किन ताके ?

पुरानो जनआस्था पल्टाउनुस् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १८:४८

https://srdb.com.np/