१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रधानमन्त्रीको कार्यभार सम्हालेका ईश्वर पोखरेल कुचो लिएर सडकमा निस्किएपछि… (फोटोफिचर)


२६ जेठ, काठमाडाैँ । आइतबार बिहानै प्रधानमन्त्रीको कार्यभार सम्हालेका ईश्वर पोखरेल कुचो लिएर सडकमा निस्किएका छन । विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले गरेको सरसफाई कार्यक्रममा सहभागी हुन कार्यबाहक प्रधानमन्त्री पोखरेलसहितका मन्त्रीहरू पुल्चोकको मन्त्री क्वार्टर सफाइमा हातमा कुचो लिएर निस्किएका हुन ।

सफाइमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत सहभागी थिए ।  उनीहरुले सरकारी निवासभित्र फोहोर टिप्नुका साथै झाडु समेत लगाएका थिए ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ०८:४८