१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नुवाकोट गोल्डकप फुटबलः संकटा क्लब सेमिफाइनलमा प्रवेश, लक्ष्मण रुचाल नायक बने


२५ जेठ, नुवाकोट । संकटा क्लब नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । शनिबार  भएको खेलमा जित हात पार्दै संकटाले त्रिभुवन आर्मी क्लबलाई २-० ले हरायो । विदुर नगरपालिका-४ बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदानमा संकटाका लक्ष्मण रुचाल नायक बने । दुवै गोल उनैले गरेका थिए ।

खेलको ४५ औं मिनेटमा पहिलो गोल गरेको उनले दोस्रो ८३ औं मिनेटमा थपे । उनै म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले जेठ ३१ सम्म प्रतिस्पर्धा गर्ने छन् । विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । आइतबार नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार २२:०८