१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरिता लामिछानेलाई ५७ मतले स्तब्ध पार्दै चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी


२५ जेठ, काठमाडाैँ । चलचित्र कलाकारको संघको निर्वाचनको मतगणना सकिएको छ । केहीबेर अघि सकिएको मतगणना अनुसार अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन ।  संघको महाधिवेशनमा अध्यक्ष पदमा कलाकार रविन्द्र खड्का र सरिता लामिछाने उम्मेदवार बनेकी थिइन । खड्काले सरितालाइ ५७ मतले पराजित गरे । निर्वाचनमा जम्मा ३८७ मत खसेको थियो ।

तस्बीरः मेरो फिल्मबाट साभार ।

खड्काले २ सय १८ मत र लामिछानेले १ सय ६१ मत पाइन । रेजिना उप्रेतीले २ सय ४३ मत ल्याएर उपाध्यक्ष बनिन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १ सय ७५ मत पाएर विजयी भए। उनीहरुका प्रतिस्पर्धी दुई उमेदवार मनोज केसी र विनोद भट्टराईले क्रमश १ सय ४२ र ९६ मत पाएका थिए।

(१८७) निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माले पक्षमा १६९ मत पाएर पराजित हुन पुगिन । यता महासचिवमा चेतबहादुर सिंह राजाले १ सय ८७ मत ल्याए। उनका प्रतिद्वन्द्वी सञ्जय खतिव८ाले १ सय ५६ मत प्राप्त गरे।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार २१:५४