१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटको बेलकोटगढी नगरपालिकाका सव–इन्जिनियर भण्डारी घुससहित रंगेहात पक्राउ


२५ जेठ, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाका सव–इन्जिनियर बद्री भण्डारी घुससहित रंगेहात पक्राउ परेका छन । शनिबार काठमाडाैँको बलाजुमा रहेको गुराँस रेष्टुरेन्टमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

आयोगका अधिकारीका अनुसार उनले सेवग्राहीसँग ३५ हजार घुस लिएका थिए । आयोगको टोलीले उनको साथबाट ३५ हजार रूपैयाँको  एउटा मोबाइल सेट समेत बरामद गरेको छ । भण्डारी तत्कालीन नेकपा एमाले निकटको नेपाल निजामति कर्मचारी संगठन नुवाकोटका अध्यक्ष समेत हुन ।

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार १९:१५