१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण


२४ जेठ, काठमाडौँ । विश्व बैंकले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । विश्व बैंकका अनुसार सन् २०१९ मा सेवा र कृषि क्षेत्रमा भएको प्रगतिले नेपालको आर्थिक वृद्धि सात दशमलव एक प्रतिशत पुग्ने छ । सेवा क्षेत्रमा मात्र सात दशमल पाँच प्रतिशतसम्मको वृद्धि हुने बताएको छ ।

विशेषगरी पर्यटकको आवागमनमा भएको बढोत्तरी, होटल, रेष्टुराँजस्ता पूर्वाधारको क्षेत्रमा देखिएको सुधार र विप्रेषणका कारण उपभोक्ताको बढ्दो खर्च प्रवृत्ति जस्ता कारणले सेवा क्षेत्रमा उच्च वृद्धि देखिएको विश्व बैंकको निष्कर्ष छ ।

त्यसैगरी कृषि क्षेत्रमा अनुकूल मौसम, समयमा मल र बीउ उपलब्ध गराइनु, सिँचाइमा सुधार आदिले कृषि क्षेत्रलाई टेवा दिएका कारण कृषि उत्पादनमा सुधार आई उच्च आर्थिक वृद्धिमा सुधार भएको हो । त्यसैगरी ऊर्जा आपूर्तिमा भएको सुधारले उच्च आर्थिक वृद्धिलाई सघाउ पु¥याएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राधा चालिसेले लेखेका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार ०७:०४