१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यात्रु नपाएकाे भन्दै नेपाल एअरलाइन्सको जापान उडान स्थगित


जेठ २२, काठमाडाैँ । यात्रु नपाएकाे भन्दै नेपाल एअरलाइन्सको जापान उडान स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

गएको वैशाख १५ गते नेपाल वायुसेवा निगमले जापानको ओसाकामा उडान पक्का भएको भन्दै हप्तामा ३ वटा उडानको तालिकासहित भाडा पनि तोकेको थियो । तर टिकट बुकिङ खुलाएको लामो समयसम्म पनि यात्रु नपाएपछि निगमले उडान एक महिना पछि सारेको हो ।नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।

निगमले सन १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने दाबी गरे पनि असफल भएको हो । निगमले नयाँ जहाजमार्फत दक्षिण कोरिया, जापान र चीनमा उडान भर्ने जनाएको थियो । तर कमजोर व्यवस्थापनका कारण लामो दुरीमा उडान भर्न नसक्दा २ सय ७४ सिटे वाइडबडी जहाज पनि छोटा र मध्यम दुरीमै खुम्चिएका छन

अहिले निगमका एअरबसका २ वटा वाइडबडी, २ वटा न्यारोबडी र एउटा बोइङ ५७५ सिरिजको जहाजले मुम्बई, दिल्ली, बेंग्लोर, हङकङ, दुबई, कतार र मलेसियामा उडान गदै आइरहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १८:११