१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रदेश ३ को नीति तथा कार्यक्रम बहुमतले पारित


१७ जेठ, मकवानपुर । शुक्रबार प्रदेश नम्बर –३ सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । प्रदेश सभामा यही जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रम माथिको छलफलमा बिहीबार र शुक्रबार सांसदहरुले भाग लिएका थिए । छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखि नारैनारा मात्र आएका बताएका थिए ।

संशोधन प्रस्तावमाथि मुख्यमन्त्री पौडेलले स्पष्ट कार्यान्वयन गर्ने जवाफ नदिएको भन्दै प्रस्ताव फिर्ता नलिएपछि सभामुख श्रेष्ठले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १४:५४