१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विस्फोट र बन्द विप्लवको अन्तिम गतिबिधिः प्रचण्ड


१३ जेठ, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकाध बम विस्फोट हुँदैमा राजनीतिक स्थिरता नडगमाउने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सबै मिलेर समृद्धि र विकासमा अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले विप्लव समूह वार्तामा आउनुको विकल्प नभएको बताए ।

अध्यक्ष प्रचण्डले  राजधानीमा भएको बम विस्फोट, बन्द लगायतका गतिविधि वार्तामा आउनु अघिको अन्तिम गतिविधि भएको बताए । उनले भने, ‘यो बन्द इत्यादि जे गर्नु भएको छ शायद प्रकारान्तरले वार्ताको वातावरण बनाउनकै लागि हो कि ? मैले चाहिँ त्यसरी बुझेको छु ।’

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार १३:४०