१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विप्लवको हिंसात्मक गतिविधि नियन्त्रण गरेर मुल प्रवाहमा ल्याउँछाैँः गृहमन्त्री थापा


१३ जेठ, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्दप्लव नेतृत्वको नेकपाको हिंसात्मक गतिविधि नियन्त्रण गर्ने बताएका छन । सोमबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा आइतबार भएको श्रृखलावद्ध बम विस्फोटनका घटनाबारे संसदलाई जानकारी दिँदै गृहमन्त्री बादलले विप्लवको हिंसात्मक गतिविधि नियन्त्रण गरेर मुल प्रवाहमा ल्याउने अठोट गरे । उनले भने  ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ’ गृहमन्त्री बादलले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र अपराधिक गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

विप्लव समूहको बन्द र अपराधिक गतिविधिको जनस्तरबाट खारेज भएको तर, शैक्षिक संस्था र लामो रुटको यातायातमा आंशिक प्रभाव परेको गृहमन्त्री बादलले बताए । सोहीक्रममा गृहमन्त्री बादलले नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको र उसको निशानामा अहिले उपत्यका परेको बताए । उनले  आइतबार भएको बम विस्फोटका घटनामा चार जनाको मृत्यु हुनुका साथै आधा दर्जन घाइते भएको जानकारी दिँदै मृतक सबै विप्लवका कार्यकर्ता भएको उनले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार १३:३३