१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टिकटक सेलिब्रिटी एवं प्रशिक्षक मोहीतको हत्या आरोपमा एक किशोर पक्राउ


१३  जेठ, काठमाडाैँ  । टिकटक सेलिब्रिटी एवं प्रशिक्षक मोहीतको हत्या आरोपमा एक किशोर पक्राउ परेका छन् । १७ वर्षीय आरोपी किशोरकाे  पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षक मोहीत मोरलाई फोन गर्ने पहिलो व्यक्ति थिए ।

प्रहरी  अनुसन्धानमा किशोर र मोहितबीच जिममा झगडा भएको पत्ता लागेकाे प्रहरीले जनाएकाे छ । त्यतिबेला जिम प्रशिक्षकले किशोरलाई अन्य दुई मानिसको अघिल्तिर कुटेका थिए । रिसमा किशोरले मोहितलाई हत्या गरिदिने योजना बनाए । उनले हत्यामा आफ्ना दुई साथीको मद्दत लिए ।

किशोरले मोहितलाई फोनमा उनी भएको स्थान सोधे । मोहितले आफू एक पसलमा भएको जानकारी दिए । किशोर आफ्ना दुई साथीसँग पसल पुगे र अन्धाधुन्ध गोली हाने । मोरको घटनास्थलमा नै मृत्यु भएकाे कसशाेरले बयान दिए । टिकटकमा मोहितका पाँच लाख फलोअर्स छन् भने इन्स्टाग्राममा उनका तीन हजार फलोअर थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार १०:२७