१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्बको ट्रेजरी बिल विक्री गरिँदै


१० जेठ, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले रु १८ अर्ब ९५ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गरी यही जेठ १३ गते सोमबार बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले बजारमा तरलताको व्यवस्थापन गर्न समय ससमयमा ट्रेजरी र रिपो बिक्री गर्दै आएको छ । यही जेठ ६ गतेसमेत बैंकले ट्रेजरी बिल विक्री गरेको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १९:५०