१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कक्षा ११ को परिक्षा दिएर फर्कँदै गरेकी छात्राको पाेलमा सर्ट भएकाे करेन्ट लागेर मृत्यु


९ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा कक्षा ११ को परिक्षा दिएर फर्कदै गरेकी एक छात्राको करेण्ट लागेर मृत्यु भएको छ । मालिमा -१ नेटा, भलखाँडाकी विनिता रसाइलीको मालिमा ५ छापहिलेकाे रँग भन्ने ठाउँमा पाेलमा सर्ट भएकाे करेन्ट लागेर मृत्यु भएको इश्मा प्रहरी चौकीले जनाएको छ ।

करेन्ट लागेर विनितासँगै रहेकी मालिका गाउँपालिका ६ अर्जेकी जुना विक गम्भिर घाइते भएकी छन् । करेण्ट लागेकी बरालको घटनास्थलमै मृत्यू भएको र घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

अर्जे माविमा कक्षा ११ को परिक्षा दिएर फर्कदै गर्दा बाटोछेउमा रहेको हाइटेन्सन लाइनको पोलमा करेण्ट लागेको स्थानीय अशोक खड्काले बताए । साथीसाथी रहेका उनीहरूले एकआपसमा हात समातेर हिंडिरहेकाे बेला करेन्ट लागेको प्रहरीले बताएकाे छ ।

नेपाल विद्युत प्राधिकरणको लापर्वाहीका कारण विनिताकाे ज्यान गएकाे आराेप आफन्तले लगाएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार २१:३२