१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मिडिया काउन्सिल बिधेयकको विषयमा अहिले नै यतिधेरै कोलाहाल आवश्यक छैनः नेता भट्टराई


७ जेठ, काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समितिका सदस्य एवं संघीय संसदका सदस्य योगेश भट्टराईले नागरिकको अधिकार रक्षाका निम्ति वर्तमान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन । मंगलबार गोगो फाउण्डेसनले काठमाडौँमा आयोजना गरेको ‘सांसद—नागरिक संवाद’ कार्यक्रममा नेता भट्टराईले सरकार नागरिकको हक अधिकारीका निम्ति पूर्ण प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘खुला समाज, बहुलवाद, प्रेस स्वतन्त्रता र नागरिकको अधिकारको विषयमा नेकपालाई प्रश्न गरिराख्नुपर्ने आवश्यकता नै छैन । किनकी हामीले व्यवहारमै यस कुरालाई सिद्ध गरिसकेका छौँ ।’ भट्टराईले नागरिक अधिकारका नाममा पुरानै व्यवस्थाको निरन्तरता कानुनमा नखोज्न आग्रह पनि गरे । उनले परिवर्तित परिस्थितिमा केही बुँदाहरु थपिने र केही हट्ने हुनेभन्दै त्यसलाई सीधै गलत नजरले नहेर्न अनुरोध गरे । वर्तमान सरकारले केही नयाँ काम गर्न खोजेको भन्दै उनले जे पनि बिरोध गर्नुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने बताए ।

उनले जुनसुकै कानुनहरु बन्दा पनि संसदमा जानुअघि नै पार्टी भित्र पनि सबैको सल्लाह र सुझाव लिने परिपाटी बसाल्ने विषयमा सल्लाह भैरहेको बताए । नेता भट्टराईले मिडिया काउन्सिल बिधेयकको विषयमा अहिले नै यतिधेरै कोलाहाल गरिहाल्नु अवस्था नरहेको बताए । उनले संसदमा संशोधनको प्रक्रियाबाट केही कुरा संशोधन गर्नुपर्छ भन्ने आफूहरुलाई पनि लागेको भन्दै उनले त्यो बिधिबाट हुनेभएकाले सडकमा आन्दोलन गर्नुको साटो समेट्नुपर्ने र हटाउनुपर्ने विषयका बारेमा बहस र छलफल गर्न अनुरोध गरे ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार २३:५२