१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ऐश्वर्यासँगको तस्बिर मजाक बनाउँदा नायक विवेकविरुद्ध महिला आयोगले कारबाहीकालागि सिफारिस गर्याे


७ जेठ, काठमाडाैँ । सोमबार दिउसो बलिउड अभिनेता विवेक ओबेरायले गाली र निराश अभिव्यक्तिले सामाजिक सञ्जाल भरिने गरी ट्वीट गरेका छन् जसको कारण बलिउड नगरी मै कम्पन मच्चीयो । यस ट्वीटबाट विवादित बनेका अभिनेता विवेक ओबेराय विरुद्ध महाराष्ट राज्य महिला आयोगले कारबाहीको लागि सिफारिस गरेको समाचार आएको छ ।

महाराष्ट्र राज्य महिला आयोग प्रमुख विजया रहातकरले एग्जिट पोल बनाएर ट्रोल शेयर गरेको आरोपमा विवेकलाई कारबाहीको सिफारिस गरेकी हुन् । महिला आयोगले कारबाहीको सिफारिस गरेसँगै विकेक आबेरायले आफ्नो ट्वीट हटाउँदै मागी मागेका हुन् । विवेकले एग्जिट पोल जस्तो गरी तस्बिर बनाएर अभिनेत्री ऐश्वर्याको मजाक उडाएका छन् ।

उनले सलमान, अभिषेक र आफ्नो ऐश्वर्यासँगको सम्बन्धलाई लिएर मजाकको ट्रोल बनाएका थिए । उनले ट्रोलमा ऐश्वर्या र सलमानको प्रेमलाई ओपिनियन पोल भनेका छन् । यस्तै, विवेक र ऐश्वर्याको प्रेमलाई इक्जिट पोल र अभिषेक बच्चन, ऐश्वर्यासँग उनीहरुको छोरीको तस्बिरमा रिजल्ट भनि देखाएका छन् ।

अहिले विवेकको कुरा गर्दा उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम मोदी’ मा मुख्य भूमिकामा देखिंदैछन् । सोमबार मात्रै पिएम मोदीको नयाँ पोस्टर रिलीज भएको छ । आगामी शुक्रबार फिल्म रिलीज हुने जनाएको छ । यहीबीच मुख्य भूमिकामा रहेका विवेक नै विवादमा तानिएपछि फिल्म निर्माता टिममा भने निराशा छाएको बताएको छ । खबर डबलीबाट

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार १४:५६