१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बलिउडकी चर्चित गायिका नेहा कक्कड काठमाडाैँ आउँदै


७ जेठ, काठमाडाैँ । बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि काठमाडाैँ आउँदै छिन । काठमाडाैँमा उनको यो पहिलो सांगितक भ्रमण हो । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो । यही जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछिन् ।

आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार,कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरुको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् । ढुंगेलका अनुसार, नेहा कक्कड लाइभमा नेपाली गायक-गायिकाहरुको पनि सहभागिता रहनेछ ।

आयोजकले जारी गरेको विज्ञप्तिका अनुसार,  ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाण्डौ आउनेछिन् ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार ०७:१६