१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

देउवाले रून पाइन्न भन्थे तर प्रेस युनियनका नेता सडकमा बसेर डाँको छाडेर रोए (भिडियोसहित)


५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेस निकटको नेपाल प्रेस युनियनका नेता कार्यकर्ताले सडकमै उत्रिएर रूँदा पनि सान्त्वना पाएनन् । आइतबार विराटनगरमा प्रेस युनियन मोरङको आयोजनामा भएको जवर्जस्ती रोएको जस्तो गर्ने कार्यक्रममा केही नेता कार्यकर्ता रोए जस्तो त गरे तर उनीहरूको नाटक हेर्न नसकेर पछाडि भएकै अन्य प्रेस युनियनका नेता कार्यकर्ता हाँसिरहेका थिए । उनीहरूको आइतबार बिहानको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जाल फेसबुक र ट्ववीटरमा धेरैभन्दा धेरैले प्रेस युनियनको नाटक भन्दै गाली गर्ने र व्यंग्य गर्ने गरिरहेका छन भने केहीले प्रेस स्वतन्त्रताका लागि नमुना बिरोध भनेर सान्त्वना दिइरहेका छन । कतिपयले कांग्रेस सभापति शेरबहादुर देउवाले अब देशमा कम्युनिष्टले रून पनि दिन्न भनेको विषय कोट्याउँदै व्यंग्य गरिरहेका छन । मिडिया काउन्सिल बिधेयकमा रहेका केही प्रावधान संशोधनका लागि विभागीय मन्त्रीले प्रतिवद्धता जनाइसक्दा समेत पत्रकार महासंघ र प्रेस युनियनले सडक तताउने काम गरिरहेका छन ।

पत्रकार रञ्जित तामाङको टिप्पणी ।

विधेयकको विषयलाइ लिएर पत्रकारहरू समेत दुइ कित्तामा विभाजित भएका छन । कतिपयले विधेयकमा भएको व्यवस्था हुवहु संसदबाट पारित गर्नुपर्ने बताउँदै अाएकाछन भने कतिपयले नेपाली कांग्रेसले भने झैँ बिधेयकनै फिर्ता गर्नुपर्ने माग गरेका छन । विधेयकका केही प्रावधान संशोधनको माध्यमबाट परिवर्तन गर्न तयार रहेको बारेमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक रूपमै बताउँदै अाएका छन ।

प्रेस युनिनयनका नेता कार्यकर्ता रहेको भिडियो हेर्नुहोस्

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार २२:४१