१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सलमानले कहिल्यै नखाेल्ने ब्रासलेटकाे राज यस्ताे पाे रहेछ 


५ जेठ, काठमाडाैँ । बलिउड स्टार सलमान खान कहिले पनि हातकाे चाँदीकाे ब्रास्लेट खाेल्दैनन् ।  उनले लगाउने गरेको ब्रासलेटको रहस्यबारे भने धेरै मानिसहरु अनजान छन् । सलमान खान कहिले पनि आफ्नो ब्रासलेट फुकाल्दैनन् । किनकी उक्त ब्रासलेट उनलाई उनका बाबुले दिएका हुन् । जुन एक विशेष रत्नबाट बनेको छ । यसको चौडाइ १ दशमलव ७५ सेन्टिमिटरको छ र यसको करिब १ सय ग्राम रहेको छ । आफ्नो फिल्मको सुटिङमा पनि उनी त्यसलाई फुकाल्दैनन् ।

सलमान खानका फ्यानहरुका अनुसार उनको सफलताको कारण ब्रासलेट हो । त्यसैले उनी यसलाई फुकाल्दैनन् । त्यसका साथै फिरोजा रत्न मजबुत ब्रह्माण्डीय गुण भएको शक्तिशाली रत्न हो । यो कारणले पनि उनले उक्त ब्रासलेट आफूसँगै राखेका हुन् । यो ब्रासलेटको मूल्य करीब ९० हजार देखि १ लाखसम्म पर्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०९:५१