१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

निशुल्क कपडा दिने प्रलाेभनमा पारी गर्भवती किशोरीको हत्या गरी गर्भमा रहेको बच्चा चोरेपछि…


४ जेठ, काठमाडाैँ । अमेरिकाको सिकागोमा एक गर्भवती किशोरीको हत्या गरेर उनको गर्भको शिशु चोरी भएको घटना बाहिर आएसँगै प्रहरीले घटनाका संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।  दनेषीले महिलालाई हत्या गरेर र असुरक्षित तरिकाबाट हातैले बच्चालाई गर्भबाट निकालेकाे प्रहरीले बताएकाे छ ।

घटनामा प्रहरीले ४६ वर्षे क्लेरिसा फिग्युरोआ र उनको २४ वर्षे छोरी डजरी र क्लेरिसाकाको ४० वर्षे ब्याइफ्रेण्ड पायोट बोबकलाई हत्यामा सहयाेग गरेको आरोपमा पक्राउ गरेकाे छ । प्रहरीका अनुसार घटनाबारे थाहा हुँदा १९ वर्षकी गर्भवती महिला मार्लेन ओचावा लोपेज तीन दिनदेखि हराइरहेकी थिइन् । प्रहरीले आशंकाको आधारमा फिगुरोआकाे घरमा खाेजतलास गर्दा फोहोर फाल्ने डब्बाबाट महिलाको शव बरामद गरेको थियो ।

प्रहरीका अनुसार गर्भवती महिला फिगुरोआले फेसबुकमा पोस्ट गरेको कपडा निशुल्क दिने सूचना देखेपछि ओचावा आफ्नो घरभन्दा ४ माइल टाढा फिगोरोआको घर गएकी थिइन् । स्वयमसेवी घटनास्थल पुग्दा शिशु निलो भइसकेका थिए । प्रहरीका अनुसार बच्चा बाँच्ने सम्भावना निक्कै कम छ । शिकागो प्रहरी प्रमुख एडी जोनसनले घटनाबारे भने, ‘यो एकदमै घृणीत र डर लाग्दो घटना हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १४:२०