१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता काठमाडाैँमा सुरू


३ जेठ, काठमाडाैँ । पाँचौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि काठमाडाैँमा सुरु भएको छ । नेपाल सितोरियो कराते डो संघ, सामाखुशी शाखा डोजोको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा नेपालसहित विभिन्न ४ राष्ट्रका ४ सय खेलाडीले सहभागिता जनाएका छन ।

खेलाडी विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । प्रतियोगिताको उद्घाटन गर्न ९ बजे अाउने भनेर सदस्यसचिव विष्ट १२ः३० बजे पुगेका थिए । त्यसपछि पनि उनी हतारिएर प्रतियोगिताको उद्घाटनबाट बाहिरिएका थिए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार २१:३०