१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेकपाको युवा संगठनको नेतृत्व दीपशीखाको काँधमा (अन्य संगठनका अध्यक्षको नामसहित)


२ जेठ, काठमाडौँ । नेकपाको सचिवालय बैठकले अधिकांश जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहिबार वालुवाटारमा बसेको बैठकले नेकपामा २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको नेतृत्व टुङ्ग्याएको हो । वाईसीएलको अध्यक्षमा रामप्रसाद सापकोटा र सह अध्यक्षमा रमेश पौडेललाइ चयन गर्ने निर्णय गरेको छ । सापकोटा तत्कालीन माओवादीका र पौडेल तत्कालीन एमाले निकट यूवा संगठनका अध्यक्ष हुन ।

यस्तै अनेरास्ववियुको अध्यक्षमा ऐन महर र र सह अध्यक्षमा रञ्जित तामाङ भएका छन । महर तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव हुन भने तामाङ तत्कालीन माओवादी निकट अनेरास्ववियु क्रन्तिकारीका अध्यक्ष हुन । यसबाहेक महिलामा संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन् । यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

यस्तो छ जिम्मेवारी

विद्यार्थी संगठन

अध्यक्षः ऐन महर

सह–अध्यक्षः रञ्जित तामाङ

युवा संगठन

अध्यक्षः रामप्रसाद सापकोटा दीपशिखा

सह–अध्यक्षः रमेश पौडेल

महिला संगठन 

अध्यक्षः अमृता थापा

सह–अध्यक्षः सीता पौडेल

मजदुर संगठन

अध्यक्षः विनोद श्रेष्ठ

सह–अध्यक्षः जगत सिम्खडा

प्रवासी नेपाली मञ्च भारत

अध्यक्षः लोकनाथ भण्डारी

सह–अध्यक्षः ईश्वरी भण्डारी

प्रेस संगठन

अध्यक्षः महेश्वर दाहाल

सह–अध्यक्षः गणेश बस्नेत

बुद्धिजिवी संगठन 

अध्यक्षः दिनेशचन्द्र देवकोटा

सह–अध्यक्षः कृष्ण केसी

पेशागत महासंघ

अध्यक्षः विश्वनाथ प्याकुरेल

सह–अध्यक्षः दयाराम बस्याल

जनसांस्कृतिक महासंघ

अध्यक्षः खगेन्द्र राई

सह–अध्यक्षः सरल सहायात्री

मुस्लिम संगठन

अध्यक्षः सिराज महमद फरुकी

सह–अध्यक्षः अत्तहर हुसेन फारुकी

दलित संगठन 

अध्यक्षः तिलक परियार

सह–अध्यक्षः ओमबहादुर विश्वकर्मा

भूपू सुरक्षाकर्मीको संगठन

अध्यक्षः धनबहादुर चन्द

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष हुन भने  बस्नेत तत्कालीन एमाले निकट प्रेस चाैतारीका अध्यक्ष हुन । त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् । जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ । आजकाे बैठककाे निर्णय भाेलि सार्वजनिक गरिने बताइएकोछ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १८:३५