१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अनेरास्ववियुकाे अध्यक्षमा ऐन महर (सम्पूर्ण जनसंगठनका अध्यक्ष र सहअध्यक्षको नामसहित)


२ जेठ, काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)काे अध्यक्षमा ऐन महर चयन भएका छन् । बिहीबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे बैठकले अनेरास्वावियुकाे अध्यक्षमा ऐन महर र सह–अध्यक्षमा रन्जित तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि महर अनेरास्ववियुकाे महासचिव थिए भने तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष थिए ।

यस्तै बैठकले युवा संगठनमा रामप्रसाद सापकोटा दिपशिखा अध्यक्ष र सह अध्यक्षमा रमेश पौडेललाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।  सापकोटा तत्कालीन माओवादी निकटको वाइसिएलका अध्यक्ष हुन भने  पौडेल तत्कालीन एमाले निकट युवा संघका अध्यक्ष हुन ।

यस्तो छ जिम्मेवारी

विद्यार्थी संगठन

अध्यक्षः ऐन महर

सह–अध्यक्षः रञ्जित तामाङ

युवा संगठन 

अध्यक्षः रामप्रसाद सापकोटा दीपशिखा

सह–अध्यक्षः रमेश पौडेल

महिला संगठन 

अध्यक्षः अमृता थापा

सह–अध्यक्षः सीता पौडेल

मजदुर संगठन

अध्यक्षः विनोद श्रेष्ठ

सह–अध्यक्षः जगत सिम्खडा

प्रवासी नेपाली मञ्च भारत

अध्यक्षः लोकनाथ भण्डारी

सह–अध्यक्षः ईश्वरी भण्डारी

प्रेस संगठन

अध्यक्षः महेश्वर दाहाल

सह–अध्यक्षः गणेश बस्नेत

बुद्धिजिवी संगठन 

अध्यक्षः दिनेशचन्द्र देवकोटा

सह–अध्यक्षः कृष्ण केसी

पेशागत महासंघ

अध्यक्षः विश्वनाथ प्याकुरेल

सह–अध्यक्षः दयाराम बस्याल

जनसांस्कृतिक महासंघ

अध्यक्षः खगेन्द्र राई

सह–अध्यक्षः सरल सहायात्री

मुस्लिम संगठन

अध्यक्षः सिराज महमद फरुकी

सह–अध्यक्षः अत्तहर हुसेन फारुकी

दलित संगठन 

अध्यक्षः तिलक परियार

सह–अध्यक्षः ओमबहादुर विश्वकर्मा

भूपू सुरक्षाकर्मीको संगठन

अध्यक्षः धनबहादुर चन्द

यसबाहेक महिला संयोजकमा अमृता थापा र सहसंयोजक सीता पौडेलको नाममा सहमति बनेको छ । थापा तत्कालीन माओवादी निकट महिला र पौडेल तत्कालीन एमाले निकट महिला संगठनकी नेतृ हुन् । यसबाहेक मजदुर विनोदमा श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक रहने सहमति छ । श्रेष्ठ तत्कालीन एमाले निकट र सिम्खडा तत्कालीन माओवादी निकट मजदुर संगठनका नेता हुन् ।

यसबाहेक प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी सहमति जुटाइएको छ । दाहाल तत्कालीन माओवादी र बस्नेत तत्कालीन एमााले निकट संगठन मिडिया संगठनका नेता हुन् । त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् । जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी रहेको स्रोतको भनाई छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १७:४३