१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आमाले आफ्नै १३ बर्षिया छोरीको कुमारित्व बिक्रीमा राखेपछि…


२ जेठ, काठमाडाैँ । रुसकी एक  आमाले आफ्नै १३ वर्षीय छाेरीकाे कुमारित्व बिक्रीमा राखेकी थिइन् । उनले आफ्नी छाेरीकाे कुमारित्वकाे मुन्य २७ लाख राखेकी थिइन् ।  सौन्दर्य प्रतियोगितामा पनि भाग लिने गरेकी पूर्वसुन्दरी ३५ वर्षीया ग्लादकिख चेल्याबिन्स्क शहरकी बासिन्दाले छाेरीकाे कुमारित्व बिक्रीमा राख्दा अहिले जेल परेकी छिन् ।

उनले मस्कोनिवासी एक जना प्रहरीलाई आफ्नी १३ वर्षीया छोरीका उत्तेजक तस्बिर खिचाएर पठाएकी थिइन् । डाक्टरबाट छोरी कुमारी भएको प्रमाणपत्र प्राप्त गरेकी उनले नाबालिग छोरीको कुमारीत्व करिब २७ लाख रुपैयाँमा बेच्ने प्रयत्न गरेकी हुन् ।

बालदुराचारी प्रमाणित भएका एक जना प्रहरीले उनको छोरीसँग यौन सम्बन्ध कायम गर्नका लागि मोटो रकम दिएका थिए । ग्लादकिखले पैसा हात पार्न नपाउँदै पक्राउ परिन् । अदालतले उनलाई साढे चार वर्षको जेल सजाय सुनाएकाे छ भने उनकी छोरीको कुमारीत्वको ग्राहक खोजिदिने काममा संलग्न अन्य दुई जनालाई साढे तीन वर्षको जेल सजाय तोकिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार १४:२७