१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

इन्स्टाग्राममा मर्दा ठीक हुन्छ भन्ने ६९ प्रतिशत मत आएपछि किशोरीले गरिन् आत्महत्या


२ जेठ, काठमाडाैँ । मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग बाँच्दा ठिक कि मर्दा ठिक हुन्छ भनेर मत सर्वेक्षण गरेकामा ६१ प्रतिशतकाे मर्दा ठिक भन्ने मत आएपछि आत्महत्या गरेकी छिन् ।

बहुमत फलोअर्सले ‘मरे हुन्छ’ भनेपछि ती किशोरीले आत्महत्या गरेककाे  मलेसियाको सारावाक राज्य पुलिसले जनाएकाे छ । ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा लेखेकी थिइन्‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।

उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात् डेथ अप्सनमा भोट गरेका थिए । मृतक पक्षका वकिलका अनुसार ती किशोरीको इन्स्टाग्राम पोष्टमा मर्दा हुन्छ भन्ने विकल्पमा मत जाहेर गर्ने इन्स्टाग्राम प्रयोगकर्तामाथि आत्महत्या गर्न बाध्य पारेको अभियोगमा कारवाही हुनसक्ने जनाएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहीबार ११:५२