१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल बंगलादेश बैंकको ग्यारेन्टीमा छुटे पूर्वआयुक्त पाठक


१ जेठ, काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा भएका छन् । भ्रष्टाचारको मुद्धा खेपिरहेका पाठकलाई विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएकाे थियाे । त्यसपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा पाठक रिहा भएका हुन् ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १९:४१