१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दयाहाङ राईकाे जीवन्त अभिनय रहेकाे गीत ‘परानै दिन्छु’चर्चामा (भिडियाेसहित)


३१ वैशाख, काठमाडाैँ । प्रलाद शाहको शब्दमा रहेको गीत ‘परानै दिन्छु’ ले दर्शक माझ लोकप्रीय बन्दै गएकाे छ । पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको संगीत रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका छन्।

अर्गानिक टेस्टको ‘परानै दिन्छु’ बोलको गीत र भिडियोले दर्शकको मन जितेको छ। थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ।

गीतकाे भिडियाे सहितः

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १५:०४