१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भ्रष्टाचार नभएको अध्यक्ष श्रेष्ठको दाबी


२३ चैत, नुवाकोट । नुवाकोटको सबैभन्दा पुरानो नुवाकोट आदर्श बहुमुखी क्याम्पस नुवाकोटमा अनियमितता भएको भन्दै बनेको छानविन समितिले बाहिर ल्याएको प्रतिवेदनमा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले आपत्ति जनाएका छन ।

छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि दैनिकीलाई प्रतिक्रिया दिँदै श्रेष्ठले क्याम्पसमा भएका सबै निर्णयको माइन्युट रहेको र ती सबै पारदर्शी रहेको दाबी गरे । उनले सह प्राध्यापक बढुवाका सम्बन्धमा ३२ जनाको दरबन्दी रहेको र क्याम्पसको बिधान अनुसार ५ बराबर १ जनाको बढुवा गर्न सक्ने भएकाले ६ जनको बढुवा गरिएको स्पष्ट पारे ।

अध्यक्ष श्रेष्ठले २०५२ सालको क्याम्पसको बिधान २०७२ मा संशोधन भएको र आफूले संशोधित विधानमा भएको व्यवस्था अनुसार नै काम गरेको बताए । उनले विद्यार्थीको तालाबन्दीका कारण विधान, निर्देशिका र माइन्युट छानविन समितिले हेर्न नपाएकाले प्रतिवेदन अपुरो देखिएको बताए । छानविन सिमितले हिजो प्रतिवेदन प्रकाशित गर्दै अध्यक्ष श्रेष्ठ र प्रमुख डंगोलले अनियमिता गरेको ठहर गदै डंगोललाई बर्खास्त गर्न र श्रेष्ठलाई क्याम्पससभाको बैठक बोलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्

–नुवाकोट क्याम्पसकाे भ्रष्टाचारः श्रेष्ठ र डांगोललाई कारबाहीको सिफारिस (प्रतिवेदनसहित) 

–नुवाकोट क्याम्पसमा भएकाे भ्रष्टाचार छानविन गर्न समिति गठन भएपछि श्रेष्ठले अनशन तोडे

–नुवाकोट क्याम्पसको भ्रष्टाचार राेक्न मागगर्दै संस्थापक अध्यक्ष श्रेष्ठ अनशनमा (भिडियोसहित)

–प्रहरीकै अघि यसरी जले क्याम्पस प्रमुख र अध्यक्षको टेबुल कुर्सी (हेर्नुहोस् भिडियो)

–कर्मचारी र शिक्षकको अनियमित भर्ना गरेको भन्दै नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा तोडफोड

हेर्नुस छानविन समितिको प्रतिवेदन 

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १८:२०