१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चेल्सीले युरोपा लिगको उपाधिका लागि आर्सनलसँग खेल्ने


२७ वैशाख, काठमाडाैँ । चेल्सीले युरोपा लिगको उपाधिका लागि आर्सनलसँग खेल्नेल भएको छ । जर्मन क्लब फ्रांकफर्टलाई टाइब्रेकरमा चार तीन गोलले हराउँदै चेल्सीले युरोपा लिगको फाइनलमा स्थान बनायो । पहिलो लेग एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो लेग पनि एक–एक गोलमा सकिएको थियो । घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको दोस्रो लेगमा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको २८ औं मिनेटमा लोफ्टुस चीकले गोल गर्दै टिमलाई एक शून्यले अगाडि राखेका थिए ।

तर ४९ औं मिनेटमा जोभिकले गोल गर्दै पाहुना टिमलाई बराबरीमा पुर्‍याए । त्यसपछि दुबै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा गयो । जसमा चेल्सीका लागि इडेन हाजार्डले विजयी गोल गर्न सफल भए । यो सिजनपछि उनी रियल जाने चर्चा भइरहेका बेला फेरि पनि चेल्सीको जितमा अन्तिममा उनी नै नायक बने । युरोपा लिगको फाइनल खेल अजरबैजानको बाकुमा २९ मे मा हुनेछ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार ०९:०८