१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वैदेशिक रोजगारीबाट फर्किएका युवाले एनएमबी बैंकबाट ऋण पाउने


२५ वैशाख, काठमाडौँ । राष्ट्रिय युवा परिषद्, एनएमबी बैंक लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच सरलरुपमा कर्जा प्रवाह गर्न त्रिपक्षीय सम्झौता भएको छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी कृषि, पर्यटन, वन, जडीबुटी, खनिज, जलस्रोत, विज्ञान तथा प्रविधि क्षेत्रमा उद्यम गर्न चाहनेलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ती त्रिपक्षीय सम्झौता भएको हो ।

युवा उद्यमशीलता प्रवद्र्घन गर्ने उद्देश्यले भएको उक्त सम्झौतामा रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी, एनएमबी बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार तीनवटै पक्षले आपसी सहकार्यमा नेपाल सरकार अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहयोग पु¥याउने र उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोडेर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्नेछन् ।

उक्त निर्देशिका अनुसार राष्ट्रिय युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिशमा बैंकले प्रतिव्यक्ति अधिकतम रु १० लाखसम्म परियोजना धितोमा कर्जा प्रवाह गर्ने गरी हाललाई रु एक अर्बसम्म ऋण प्रवाह गर्नेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ००:११