१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विदुर नगर मेयर कप फुटबलको उपाधि पोखरा महानगरपालिकालाई, नगद तीन लाख जित्यो


२३ वैशाख, काठमाडाैँ । विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितको छ । आज भएको फाइनल खेलमा पोखरा महानगरपालिकाले नुवोकोटको विदुर नगरपालिकालाई २–० गोलले पराजित गरेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा पोखराका लागि विमल राना र दिपेश आलेले गोल गरेका थिए । शुरुआतदेखि नै खेल प्रतिस्पर्धात्मक बनेको थियो । खेलको म्यान अफ दी म्याच विदुरका गोविन्द रिमाल भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

उपाधिसँगै पोखराले रु तीन लाख, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता विदुरले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी विदुर नगरपालिकाका महेन्द्र तामाङ भए । उनले रु १५ हजार पुरस्कार पाए । उदीयमान खेलाडी पोखराका टिका गुरुङ र सर्वाधिक गोलकर्ता नुवाकोटका आशिष लामा भए ।

दुवै जनाले जनही रु १० हजार प्राप्त गरे । विदुर नगरपालिकाको आयोजना तथा जिल्ला खेलकूद विकास समिति र नुवाकोट फुटबल सङ्घको संयोजनमा भएको प्रतियोगितामा दुई महानगरपालिका तथा ६ नगरपालिकाको टोलीले सहभागिता जनाएको थियो । विजताको पुरस्कार बितरण कर्यक्रममा प्रदेश ३ की उपसभामुख राधिका तामाङ, प्रदेश सांसद एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, प्रदेश सांसद केशव पाण्डे, बद्री मैनाली, नगरपालिकाका मेयर सञ्जु पण्डित, नेकपा नुवाकोटका नेता बुद्धि प्रधानलगायत उपस्थित थिए । उनीहरू सबैले फाइन खेल हेरेका थिए ।

 

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार २०:४३