१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मनकामना जाँदै गरेको बस धादिङकाे सलाङघाटमा दुर्घटना, २ जनाकाे मृत्यु २५ घाइते


८ बैशाख, धादिङ । मनकामना जाँदै गरेको बस पृथ्वी राजमार्गस्थित धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान १० बजे काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको सो बस दुर्घटना भएको हाे ।

तीब्र गतिको सो बस अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा सडकबाट करीब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

फाइल फाेटाे

उनका अनुसार १ जनाको घटनास्थलमै र अर्का १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।

यस्तै दुर्घटनामा ११ महिला र १४ पुरुष गरी २५ जना घाइते भएका छन् । उनीहरुमध्ये २१ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने बाँकी गम्भीर ४ घाइतेलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टर पठाइएको छ ।

प्रहरीले बसका चालक दोलखाका बसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार १४:१५