१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इन्डियन प्रिमियर लिग क्रिकेटः सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच, एक लाख भारु पुरस्कार पाए


८ वैशाख, काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटको गएरातिको खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनायो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो ।

यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ । यसअघि दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाएका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आईतवार ०८:१७