१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विप्लव नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली र चन्द्रबहादुर खड्का राम्रीबाट पक्राउ


७ वैशाख, काठमाडाैँ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो ।

यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ११:१४