१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पर्यटनमन्त्री अधिकारीको पहलमा पशुपति क्षेत्र ‘मगन्ते मुक्त’ घोषणा


२० चैत, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पहलमा अर्को महत्वपूर्ण घोषणा भएको छ । पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै एक्सनमा गएका अधिकारी मंगलबार ज्यादै महत्वपूर्ण काम गराउन सफल भएका छन । अधिकारीकै पहलमा विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्र ‘मगन्ते मुक्त’ घोषणा भएको छ । यसले पशुपति क्षेत्रको सौन्दर्यलाई थप राम्रो बनाउने विश्वास लिइएको छ ।

पशुपति क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरु त्यहाँका मगन्तेका कारण हैरान हुने गरेका थिए । अधिकारीले दैनिकीसँग कुरा गर्दै मगन्तेहरुका लागि छुट्टै आश्रमको व्यवस्था गरिएको बताए । अन्य धार्मिक क्षेत्रमा यस्तो अभियान सञ्चालन गर्ने भन्दै पशुपतिको सफल अभियान सञ्चालन गर्न सहयोग गर्ने सबैमा अभार प्रकट गरेका छन ।

पशुपति मगन्ते मुक्त क्षेत्र भएकाेमा खुशी व्यक्त गर्दे नाट्टाका अध्यक्ष सिएन पाण्डेले मन्त्री र अभियानमा लाग्नेलार्इ धन्यवाद दिएका छन । उनले दैनिकीसँग कुरा गर्दै भने  ‘पशुपति क्षेत्रकाे पर्यटनको एउटा महत्वपूर्ण चुनाैति मगन्तेहरूको व्यवहार रहेको भन्दै उनीहरूको व्यवस्थापन अाश्रम भएपछि पर्यटकले थाेरै पनि नराम्रो व्यवहारको सामना गर्नु नपर्ने भभएको छ ।’ साथै उनले पर्यटनमन्त्रीको पछिल्लो काम गरार्इले निजी क्षेत्रलार्इ उत्साहित बनाएको भन्दै वर्षाैदेखिमा समस्याहरू हल हुने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १९:४०