१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नक्कली विवाह गरी अमेरिका लगिदिन्छु भन्दै ४२ लाख ठग्ने प्यूठानका शशिधर खड्का पक्राउ


६ वैशाख, काठमाडाैँ । नक्कली बिबाह गरेर अमेरिका लगिदिन्छु भन्दै ४२ लाख ठग्ने प्यूठानका शशिधर खड्का पक्राउ परेका छन । नक्कली ज्वाइँ बनेर अमेरिका लैजान्छु भन्दै ४२ लाख ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले चार दिन अघि नै पक्राउ गरेको हो ।

प्रहरीलाइ छक्याएर भाग्दै अाएका खड्का पुल्चाेकबाट पक्राउ परेका हुन । खड्काले काठमाडौँकी १२ कक्षामा अध्ययनरत एक किशोरीलाई विवाह गरेर अमेरिका लगिदिने प्रलोभनमा ४२ लाख रुपैयाँ ठगेका थिए । खड्का अहिले महानगरीय प्रहरी परिसर काठमाडाैँको हिरासतमा रहेका छन ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार ०९:०७