१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई ८ हजारको नगद पुरस्कार


५ वैशाख, काठमाडाैँ । गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७३\०७४ को बेरुजुलाई ८५.१४ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त सर्वोत्कृष्ट स्थान हासिलका लागि नगद ८ हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको आ.व. २०७३\०७४ सम्मको बाँकी बेरुजु रकममध्ये ८५.१४ प्रतिशत फर्छ्‍यौट गरेको र उक्त आ.व.मा लेखा परीक्षण भएको कूल अंकमा १.३५ प्रतिशतमा मात्र बेरुजु सीमित गर्न सफल भई बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो । आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्‍यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार २१:५१