१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भ्रष्टाचारको आरोपमा नुवाकोट क्याम्पसका प्रमुख डंगोलको अनुहारमा विद्यार्थीले पोते कालोमोसो


५ वैशाख, नुवाकोट । भ्रष्टाचारको आरोपमा नुवाकोटको बट्टारमा रहेको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखलाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । विद्यार्थीले प्रवेश निषेध गरेका क्याम्पस प्रमुख कार्यकक्षमा प्रवेश गरेपछि ४० भन्दा बढी विद्यार्थीको समूहले डोंगोलको अनुहारमा कालोमोसो पोतेका हुन । कालोमोसो दल्ने विद्यार्थीहरू अधिकांश अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी समर्थक रहेको प्रत्यक्षदर्शीले बताएका छन ।

डंगोलले विगतदेखि नै क्याम्पसमा भ्रष्टाचार गर्दै आएको भन्दै विद्यार्थीहरूले चरणवद्ध आन्दोलन गर्दै आएका थिए । पछिल्लो सयम डंगोलले कांग्रेसको इशारामा स्ववियुको निर्वाचन रोकेको भन्दै विद्यार्थीहरू थप आक्रोशित बनेका थिए । स्ववियु निर्वाचन रोकेपछि क्याम्पस प्रमुख र अध्यक्षलाई क्याम्पस प्रवेशमै निषेधको सूचना राखेर बसेका विद्यार्थीले बिहीबार कालोमोसो दलेको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष विष्णुहरि रिमाल सत्यले दैनिकीलाई जानकारी दिए ।

अध्यक्ष रिमालले माग सम्बोधन नहुँदासम्म बिरोध जारी रहने बताए । उनले भने ‘क्याम्पसको शैक्षिक वातारण समेत विगारेर क्याम्पस प्रमुख र नेतृत्वको भ्रष्टाचार र अनियमितताको खेलमामात्रै केन्द्रीत भए, हामीले विद्यार्थीको माग सम्बोधन नगरी क्यम्पस प्रवेश नगर्न अनुरोध गरेका थियौँ । उहाँले जवर्जस्ती गर्नुभो त्यसपछि हामीले विद्यार्थीहरूको तर्फबाट कालोमोसो दलेका छौँ ।’ कालोमोसो दलेसँगै प्रमुख डंगोल कार्यकक्षमै थुनिएका छन । अहिले उनलाइ प्रहरीले सुरक्षा प्रदान गरिरहेको छ भने विद्यर्थीहरूले बाहिर नाराबाजी गरिरहेका छन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार १०:४२