१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एकदिवसीय क्रिकेटको वरीयतामा नेपालको एक स्थान सुधार, १६ राष्ट्र मध्ये नेपाल १४ औं स्थानमा


४ वैशाख, काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नयाँ वरियता सार्वजनिक गरेको छ । सार्वजनिक भएको एकदिवसीय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । नयाँ वरीयता अनुसार नेपाल १४ औं स्थानमा रहेको छ । यसअघि नेपाल १५ औं स्थानमा रहेको थियो । टी-ट्वान्टी वरीयतामा पनि नेपाल १४ औं स्थानमै रहेको छ ।

वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । यस्तै चौंथोमा दक्षिण अफ्रीका र पाँचौमा अष्ट्रेलिया रहेका छन् । गएको माघमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २-१ को जित निकालेपछि नेपाल आईसीसीको वरीयतामा पर्दै आएको छ । उक्त सिरिजपछि नेपालले एकदिवसीय खेल खेलेको छैन । तर, अन्य टोलीको प्रदर्शन घटबढ हुँदा नेपालले एक स्थान सुधार गरेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार ०९:१८