१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा


३ वैशाख, काठमाडाैँ । हिरो मोटाेकर्प लिमिटेडले नेपाली बजारमा आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ भित्राएको छ । हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी आइथ्रीएस प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे जानकारी दिएको छ ।

ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीका प्रमुख रजत भार्गभले जानकारी दिए । डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । भारतीय बजारमा बिक्री खुला गरिएको सो स्कूटरको लोकप्रियता बढेर गएकाले नेपालमा पनि त्यसलाई भित्र्याइएको दाबी गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलवार १४:०४