१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कैलालीमा जारी डीपीएलमा धनगढीको लगातार दोस्रो जित


२० चैत, कैलाली । कैलालीमा जारी धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा टीम चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराएको छ ।

१ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर भेट्यो । धनगढीको जितमा सुनिल धमलाले नटआउट ४६ रन बनाए ।
धनगढीले तीनमध्ये २ खेल जितेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । महेन्द्रनगरका पुनित मेहराले ४० रन बनाए ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार १४:०४