१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विश्वकप छनौटमा नेपालकाे शानदार शुरूवात, सिंगापुरलाई २ सय १७ रनले हरायो


२९ चैत, काठमाडौँ । एसियन १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालकाे शानदार जित भएकाे छ । नेपालले सिंगापुरलाई २ सय १७ रनकाे फराकिलो अन्तरले पराजित गरेको हाे । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । ५ रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर जम्मा ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्ताेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार १४:४३